दफा २३
जाँचबुझ समितिको गठन तथा काम, कर्तव्य
(१) नेपाल सरकारले दफा २२ को उपदफा (२) बमोजिम गभर्नरलाई पदमुक्त गर्नु अघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गर्भनरलाई पदमुक्त गर्नेछः– (क)सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधिशमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति– अध्यक्ष (ख)आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेका दुई जना व्यक्ति– सदस्य (२) जाँचबुझ समितिले जाँचबुझ गरी आफनोे राय ठहर सहितको सिफारिस नेपाल सरकार समक्ष पेश गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिसंग बयान लिन वा सोधपुछ गर्न सक्नेछ । (३) जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ । (४) जाँचबुझ समितिले राय ठहर सहितको आफनोे सिफारिस एक महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।